‘तिनीहरू’को प्रवर्धनमा चटारो, सुनिता डंगोलको आग्रह ‘तिनीहरू’को प्रवर्धनमा चटारो, सुनिता डंगोलको आग्रह

 प्रदर्शन तयारीमा रहेको फिल्म ‘तिनीहरू’ लाई अहिले स्वदेश रिलिजको चटारो छ । यस फिल्मका कलाकारले केही दिनअघि सम्पन्न नाइमा मोबिलिटी शोमा विशेष प्रस्तुति दिए ।

त्यसपछि टोलीले महिन्द्रा गाडीको स्टलमा समेत विशेष प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । यो फिल्म हालै फ्रान्सको कान्स फिल्म फेस्टिभलमा पनि ‘एलिफेन्ट्स इन द फग’ नामबाट पुुरस्कृत भएको थियो ।

केही दिनअघि आयोजित इन्फा अवार्डमा पनि यो फिल्मलाई सम्मान प्रदान गरियो । सो अवसरमा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले फिल्मको प्रशंसा गर्दै कान्स प्रिमियरमा आफू पनि सहभागी रहेको स्मरण गरेकी थिइन् ।

यसैबीच, यो फिल्मको टोली के–पप काठमाडौं डान्स फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी भयो । कार्यक्रममा टोलीले प्रतियोगिताका विजेता तथा सहभागीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

कोरियन पप नृत्यको उत्सवका रूपमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको टोलीले विजेता तथा सहभागी कलाकारको हौसला बढाउँदै उनीहरूलाई सम्मान गरेको थियो ।

नाइमा प्रदर्शनी मेला केही दिनअघि भृकुटीमण्डपमा सम्पन्न भएको थियो । टोलीको प्रस्तुतिमा उपस्थित दर्शक उत्साहित हुँदै सहभागी भएका थिए । दर्शकले फिल्मबारे चासो राख्दै हलसम्म पुग्ने बताएको जनाइएको छ ।

डंगोलले दर्शकलाई समेत यो फिल्म हेर्न आग्रह गर्दै माया र समर्थन गर्न आग्रह गरिन् । ‘तिनीहरू’ १९ भदौदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti