नीशा सुनारको ‘झ्याप छौं कि साइँला दाई’ सार्वजनिक नीशा सुनारको ‘झ्याप छौं कि साइँला दाई’ सार्वजनिक


गायिका नीशा सुनारले नयाँ गीत सार्वजनिक गरेकी छिन् । लामो समयदेखि अमेरिकामा रहँदै आएकी नीशाले नेपाल आएको समयमा ‘झ्याप छौं कि साइँला दाई’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

रमाइलो शैली यो गीतमा खेम सेन्चुरी र नीशा सुनारको स्वर छ । गीतमा रमेश वीजीको शब्द, खेम सेन्चुरीकै संगीत छ ।

सार्वजनिक गीतको भिडियोलाई सुनिल वीकेले निर्देशन गरेका हुन् । गीतको भिडियोमा नाजिर हुसेन र उषा उप्रेतिको डान्स हेर्न सकिन्छ ।

गीतको भिडियोमा उनीहरु रमाइलो शैलीमा रोमान्टिक भएका छन् ।

अनिल के मानन्धरको छायांकन रहेको यो भिडियोमा प्रविण भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलर, रोशन विश्वकर्माको कोरियोग्राफी छ ।

नीशाकै स्वरमा रहेको नयाँ तीज गीत पनि केही दिनमै बजारमा ल्याउने तयारी भइरहेको छ । कुनै समय दर्शकमाझ निकै नै लोकप्रिय गायिका सुनारले अब गायनलाई निरन्तरता दिने बताएकी छिन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti