रेखा थापा र विपिन कार्कीको आज जन्मदिन रेखा थापा र विपिन कार्कीको आज जन्मदिन

अभिनेत्री रेखा थापा र अभिनेता विपिन कार्की शुक्रबार एकैदिन जन्मदिन मनाउँदैछन् । यी दुवैजना घरेलु फिल्मका प्रसिद्ध र रुचाइएका कलाकार हुन् ।

अभिनेता विपिन व्यवसायिक र आर्ट हाउस दुवै फिल्मलाई सन्तुलन मिलाएर अघि बढ्न सक्ने खुबी भएका कलाकार हुन् । दमदार अभिनयबाट दर्शकको मन जितेका उनले झन्डै ३० फिल्ममा काम गरेका छन् ।

मोरङको सलकपुरमा जन्मिएकी रेखाले फिल्म करिअरमा १०० भन्दा धेरै फिल्ममा काम गरेकी छन् । अभिनेत्री बाहेक उनी निर्मात्री र निर्देशक पनि हुन् । उनको पहिचान राजनीतिज्ञको रुपमा समेत छन् ।

राप्रपाकी नेतृ समेत रहेकी रेखाले संसदीय चुनावमा पनि भाग लिइन् । राजनीतिसँगै रेखा फिल्म करिअरमा समेत अघि बढेकी छिन् । अभिनेत्री पनि स्टार बन्न सक्छन् भन्ने ट्रेन्डको सुरुवात थापाबाट भएको हो ।

कार्की पछिल्लो समय अभिनयसँगै फिल्मको उपकरण र निर्माण व्यवसायमा पनि संलग्न छन् । दुवै कलाकारलाई जन्मदिनको शुभकामना !

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti