प्रियंका कार्की र आर्यन सिग्देल स्टारर कथानक फिल्म ‘मास्टर्नी’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । रिलिजअघि निकै चर्चा र विवादले घेरिएको फिल्म अन्ततः ‘एडल्ट’ प्रमाणपत्रसहित हलमा लागेको हो ।
शुभेन्दु घोष निर्देशित फिल्मको रनटाइम १२३ मिनेट छ ।
यसैगरि, शुक्रबारदेखि हलिउड फिल्म ‘इन्साइडियस ः आउट अफ द फर्दर’ पनि हलमा रिलिज भएको छ । ज्याकोब चेज निर्देशित फिल्मलाई थ्रीलर र हरर फिल्म बताइएको छ ।
क्राइम-थ्रीलर जनरामा बनेको फिल्मलाई १६ वर्षभन्दा तलका दर्शकले हेर्न पाउनेछैनन् । कौतुहलता र रहस्यले भरिएको पारिवारिक कथा बताइएको यो फिल्ममा अनुपविक्रम शाही र ऋचा शर्माको पनि अभिनय छ ।
यो फिल्म एक घर र उनकी छोरीको कथा हो । आफू हुर्किएको घरमै छोरीलाई हुर्काइरहेकी युवा आमा जेम्माले आफू ‘द फर्दर’ नामक रहस्यमय संसारमा प्रवेश गर्न सक्ने कुरा पत्ता लगाउँछिन् । त्यहाँ पुगेपछि उनीसँग त्यहाँ रहेका प्राणी वा अस्तित्वलाई वास्तविक संसारमा ल्याउन सक्ने विशेष क्षमता रहेको थाहा हुन्छ ।
यो फिल्मको सर्टिफिकेट पनि एडल्टै रहेको छ । जसलाई १६ वर्ष मुनिका दर्शकले हेर्न पाउनेछैनन् ।


