युट्युबमा ‘झिँगेदाउ’, दोस्रो भागको गीतमा केकी–आँचलको छमछमी युट्युबमा ‘झिँगेदाउ’, दोस्रो भागको गीतमा केकी–आँचलको छमछमी

रातो सारी लगाएर दुई अभिनेत्री मादल मात्र बजाएका छैनन्, नोकझोंक पनि गरेका छन् । कथानुसार जेठानी-देउरानीको झगडालाई प्रस्तुत गरिएको छ ।

फिल्म ‘झिँगेदाउ’ शुक्रबारदेखि युट्युबमा रिलिज भएको छ । यो समाचार लेख्दासम्म फिल्मलाई २१ लाख पटक हेरिएको छ । यो फिल्म बक्सअफिस हिट समेत हो ।

२ असोजदेखि हलमा आउँदै गरेको फिल्मको दोस्रो श्रृंखलाअघि पहिलो भागलाई युट्युब प्लाटफर्ममा रिलिज गरिएको हो ।

यसैबीच, फिल्मको ‘झिँगेदाउ २’को एक गीतको छायांकन गरिएको छ । तीज पर्वलाई लक्षित गर्दै छायांकन गरिएको शीर्ष गीतमा केकी अधिकारी र आँचल शर्माले छमछमी नाचेका छन् ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपाल प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

यस गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ । यो गीत भदौको १० गते सार्वजनिक हुनेछ । गीतमा रामजी लामिछानेको नृत्य निर्देशन छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti