अञ्जना बराइली ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित भएकी छन् अञ्जना बराइली ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित भएकी छन्

 निर्माण तयारीमा रहेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सौरभ चौधरीको आगामी निर्देशकीय फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल निश्चित भैसकेका छन् ।

निर्देशक चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने उनको दाबी छ । छायांकन आगामी साताबाट सुरु हुनेछ । ७० दिनको सेड्युल तयार पारिएको छ भने पूर्वी नेपालका जिल्लामा छायांकन हुने जनाइएको छ ।

अहिलेकी व्यस्त र डिमान्डेड अभिनेत्री बराइलीको प्रवेशसँगै कास्टिङ लाइनअप थप बलियो भएको छ ।

यो फिल्मको पटकथा तथा संवाद साहित्यकार बुद्धिसागरको हुनेछ । फिल्मलाई एक्सन ड्रामा बताइएको छ ।

यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को-प्रोडुसरमा विश्वास बस्नेत ९बेन० र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti