‘गौंथली’को कमाइ २५ करोड नाघ्यो ‘गौंथली’को कमाइ २५ करोड नाघ्यो

कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले घरेलु बक्स अफिसमा २५ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको छ।

‘गौंथली’ यसअघि नै नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनिसकेको छ। सिम्रन खड्का र अरूण क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म महिलाको संघर्ष र संवेदनाको कथामा आधारित छ।

चलचित्र विकास बोर्डका अनुसार आइतबार रातिसम्म फिल्मले २५ करोड ५ लाख ६५ हजार ७७२ रूपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मका ९ लाख ९ हजार ४२६ टिकट बिक्री भएका छन्।

चलचित्र विकास बोर्डका अनुसार भदौ ७ गतेसम्म ‘हली’ले २२ लाख ९६ हजार ९२० रूपैयाँ र ‘लज्जावती’ले ७ लाख ६८ हजार ४५० रूपैयाँ ग्रस कमाएका छन्।

फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्। फिल्मले विदेशमा समेत राम्रो कमाइ गरिरहेको निर्माण पक्षले जनाएको छ।

यसैबीच, साउन २२ गतेदेखि प्रदर्शनमा आएको ‘हली’ र साउन २९ गते रिलिज ‘लज्जावती’को व्यापार भने कमजोर देखिएको छ।

‘हली’का ८ हजार ३८५ र ‘लज्जावती’का २ हजार ६९६ टिकट बिक्री भएका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti