शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुन लागेको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीबाट प्रभावितलाई प्रदान गरिने भएको छ ।
‘हामीले यो फिल्म पैसा कमाउनको लागि मात्र बनाएको होइन’ उनले भनिन्, ‘मेरो फिल्मको पहिलो दिनको बक्सअफिस कलेक्सन कोषमा दिऊँ कि भनेर यो निर्णय गरिएको हो ।’
मिलेसम्म बाढी प्रभावित क्षेत्रमै पुगेर राहत वितरणको योजना पनि रहेको नीताले बताइन् । सामाजिक कथावस्तुमा आधारित ‘पार्वती’मा नीताको शीर्ष भूमिका छ, जहाँ उनले अटिजम भएकी पात्रको भूमिका निर्वाह गरेकी छन् ।
निर्मात्री तथा निर्देशक नीता ढुंगानाले ओपनिङ कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको बताइन् । नीताले विहिबार बिहान पनि व्यक्तिगतरुपमा प्रधानमन्त्री कोषमा १ लाख रुपैयाँ जम्मा गरेकी थिइन् ।
‘कर्मले पनि केही गर्नुपर्यो भनेर पहिलो दिन जति कलेक्सन हुन्छ, त्यति रकम सबै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्दैछौं’ नीताले अनलाइनखबरसँग भनिन् ।
बुधबार बिहान रसुवाको भोटेकोशीमा बाढी आउँदा सयौंको मृत्यु भएको छ भने धेरैजना सम्पर्क विहिन छन् । हजारौं घरबारविहिन भएका छन् ।




