विश्वचर्चित अभिनेत्री प्रियंका चोपडा र गायन जेन मलिकले नेपालका १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता जरुरी रहेको बताएका छन् ।
प्रियंका चर्चित बलिउड र हलिउड अभिनेत्री हुन् भने जेन विश्वचर्चित सांगीतिक समूह ‘वान डिरेक्सन’का पूर्व सदस्य हुन् । नेपालका युवापुस्तामाझ चर्चित जेन पछिल्लो समय स्वतन्त्ररुपमा संगीत निर्माणमा संलग्न छन् ।

‘नेपालमा विनाशकारी बाढी : १० हजार बालबालिकालाई तत्काल मानवीयता सहायता जरुरी छ’ प्रियंका र जेनले राष्ट्रसंघीय बालकोष युनिसेफको सूचना सेयर गरेको सन्देशमा भनिएको छ ।
बुधबार रसुवा र नुवाकोटमा भएको जनधनको क्षति दर्शाउने फोटो पनि उनीहरू हालेका छन् ।
यी दुई विश्वप्रसिद्ध स्टारले भोटेकोशी बाढीको तस्वीरसहितको सूचना पोस्ट गर्दै उक्त आह्वान गरेका हुन् ।




