सहसचिव शर्मालाई चलचित्र विकास बोर्डको जिम्मेवारी सहसचिव शर्मालाई चलचित्र विकास बोर्डको जिम्मेवारी

सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई अध्यक्ष नियुक्त नभैञ्जेलसम्म कामकाज हेर्ने गरि चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया चाँडै सुरु गरिने जानकारी उनले दिए । ‘सचिवज्यू बाहिर हुनुहुन्छ । बाढी लगायतका कारणले केही ढिला भएको हो । चाँडै खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरि अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु हुनेछ’ उनले भने ।

उनलाई मंगलबारको मन्त्रस्तरीय निर्णयले बोर्डको जिम्मेवारी तोकेको मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले बताए । शर्माले बुधबारदेखि कार्यभार थालेका छन् ।

‘उहाँलाई अध्यक्षमा नियुक्त नभइ त्यतिञ्जेलसम्म काम गर्न जिम्मा दिइएको हो’ पौड्यालले भने ।

११ भदौमा दिनेश डीसीको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti