घाइते जेनजीले स्वीकार गर्‍यो चंगुलको सहकार्य प्रस्ताव घाइते जेनजीले स्वीकार गर्‍यो चंगुलको सहकार्य प्रस्ताव

असोज १६ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘चंगुल’ संग घाइते जेनजी नेपाल संस्थाले सहकार्य गर्ने भएको छ ।

चलचित्रको निर्माण कम्पनी रि एण्ड कि फिल्मस्ले चलचित्रको रिरिज पछि आएको मुनाफाको केहि भाग घाइते जेनजीहरुलाइ सहयाेगार्थ दिने भनि केहि दिन अघि प्रस्ताव पठाएको थियो र त्यहि प्रस्ताव उपर घाइते जेनजी नेपालले उक्त सहकार्य स्विकार गरिएको सस्थाका अध्यक्ष बादल राइद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ ।

जेनजी आन्दोलन किन भयो र त्यस अघि र पछिको अवस्थालाइ चलचित्रमा चित्रण गरिएको छ ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ । 

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन  छ भने  छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti