‘तिमीसँग नबोली’मा नीति प्रभातको रोमान्स ‘तिमीसँग नबोली’मा नीति प्रभातको रोमान्स

प्रतिक्षित फिल्म ‘जदौ’ मा समोवेश तिमीसँग नबोली..बोलको प्रेम गीत आइतबार हाइटेक इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको छ । गीतमा नायिका नीति शाह र नायक प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत भएका छन् ।

किरण गजमेर र मनिषा सुनारको स्वर,गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अन्जन शर्मा र काजी  लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशब्यापी प्रदर्शनमा आउदैछ । अन्तरजातीय प्रेम सम्बन्धको बिषय उठान गरिएको फिल्मको स्क्रिप्ट निर्देशक लिम्बूले लेखेका हुन् ।

 टिजर सार्वजनीकसँगै दर्शकमा थप कौतुहलता जगाएको फिल्ममा नीति,प्रभातका साथमा मुकुन भुसाल,ऋचा शर्मा,राजश्री थापा,विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन (खबपु),सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।

यसअघि सार्वजनीक शीर्ष गीत-जदौ हजुर..ले दर्शकस्रोताको मन जितिरहेको बेलामा दोश्रो गीत दर्शकमाझ ल्याइएको हो । सुन्दर लोकेसनमा छायांकन गरिएको यो गीत पनि दर्शकको प्रिय बन्ने अपेक्षा निर्माता-निर्देशकको छ । श्याम तामाङका साथमा नवराज उप्रेतीको समेत छायांकन रहेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल,नारायण शास्त्री र डिल्ली पोखरेल छन् ।

सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।  ‘जदौ’ समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको  हो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti