चलचित्र चंगुलको टिजर सार्वजनिक भएको छ । नयाँ बानेश्वर स्थित बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र अर्थात पुरानो संसद भवनमा आयोजित जेन्जी सहिद स्मृती सभामा चलचित्र चंगुलको टिजर सार्वजनिक गरिएको हो ।

गृहमन्त्रि सुधन गुरुङ , कानुन मन्त्रि सोबिता गौतम , भुमि ब्यवस्था तथा संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रि प्रतिभा रावल , पूर्वाधार बिकाश मन्त्री सुनिल लम्साल लगायतका मन्त्रिहरुको उपस्थिति रहेको उक्त भव्य कार्यक्रममा चलचित्रको टिजर सार्वजनिक हुँदा उपस्थित सबैले चलचित्रको प्रसंसा गरेको थिए ।
गत बर्ष भाद्र २३ गते भएको जेन्जी आन्दोलन र त्यस पछिको अवस्थालाइ चलचित्रमा देखाइएको छ । चलचित्र असोज १६ गते बाट प्रर्दशनमा आउदैछ ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ ।





