“तिनीहरू”ले अस्करमा नेपालको प्रतिनिधित्व गर्ने “तिनीहरू”ले अस्करमा नेपालको प्रतिनिधित्व गर्ने

द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर)

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)

प्रेस विज्ञप्ति
एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा सन् २०२७ मा घोषणा गरिने ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धी बन्नका लागि यस अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)मा दुई नेपाली कथानक चलचित्रहरू “तिनीहरू – एलिफेन्ट्स इन द फग” र “गौँथली” प्राप्त भएका थिए ।

प्राप्त दुवै चलचित्रहरूको मूल्याङ्कन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्च स्तरीय एवम् उत्कृष्ट एक चलचित्र सिफारिस गर्नुपर्ने भएकोले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् उक्त अवार्डमा नेपालको तर्फबाट प्रतियोगीका रूपमा चलचित्र “तिनीहरू – एलिफेन्ट्स इन द फग”लाई छनौट गरिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti