नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ तेस्रो हप्तामा प्रदर्शन भैरहेको छ । शनिबार यो फिल्मको विशेष शो आयोजना गरियो, जहाँ लब्ध प्रतिष्ठित दर्शकले फिल्म हेरे ।

उनले यो फिल्म हेर्ने दर्शकले एउटा किताब पढे भन्दा बढि शिक्षित हुने बताए । मदनकृष्णकी बुहारी रिङ्कुले पनि नीताको कामको प्रशंसा गरिन् ।
यो फिल्ममा नीता र अशोक दर्जीको शीर्ष भूमिका छ, जहाँ अटिजम भएकी दिदी र भाइको भावनात्मक सम्बन्धलाई फिल्मको कथा बनाइएको छ । अटिजम भएकी छोरीलाई समाजले हेर्ने नजर र बुवाआमाले भोग्नुपरेको सास्तीलाई दर्शकले मन पराएका छन् ।
अधिवक्ता भीमार्जुन आचार्य पनि फिल्म हेरेर बाहिर निस्किँदा भावुक देखिए । फिल्म हेरेपछि मिडियाकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो फिल्ममा नीता ढुङ्गानाले जुन अभिनय गर्नु भएको छ । यो तहको एक्टिङ देखेको छैन । यस्तो फिल्मको म्यासेज एकदमै महत्वपूर्ण छ । किनभने यो विषयवस्तु रोज्नु हुने टिमको लागि जोखिम थियो ।’
यो फिल्ममा नीता र अशोक दर्जीको शीर्ष भूमिका छ, जहाँ अटिजम भएकी दिदी र भाइको भावनात्मक सम्बन्धलाई फिल्मको कथा बनाइएको छ । अटिजम भएकी छोरीलाई समाजले हेर्ने नजर र बुवाआमाले भोग्नुपरेको सास्तीलाई दर्शकले मन पराएका छन् ।
नीताको उक्त चरित्र चित्रणको प्रशंसा गर्दै मदनकृष्णले भने, ‘नीताले यस्तो अभिनय गर्लिन भनेर अन्दाज नै गरेको थिइनँ । सुरुदेखि अन्तिमसम्म एक्टिङमा होल्ड गर्न सकेकी छिन् । । फिल्मले सोच्न बाध्य बनाएको छ ।’
पाका कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेरिसकेपछि निर्देशक तथा अभिनेत्री ढुङ्गानाको खुलेर प्रशंसा गरे । नीताले यो फिल्ममा अटिजम भएकी एक पात्रको भूमिका निर्वाह गरेकी छन् ।
फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतको मुख्य अभिनय छ । फिल्मका लगानीकर्ता हरिहर अधिकारी हुन् ।





