‘कार्की साइँला’को अग्रिम बुकिङ खुल्यो, असोज २ देखि प्रदर्शनमा ‘कार्की साइँला’को अग्रिम बुकिङ खुल्यो, असोज २ देखि प्रदर्शनमा

राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को देशैभरका हलहरूमा अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। असोज २ गते भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई प्रारम्भिक चरणमा  ६० भन्दा बढी शो प्रदान गरिएको छ। निर्देशक बस्नेतका अनुसार दर्शकको चाप बढेसँगै शो संख्या अझै थपिनेछ।

भारी बोक्ने भरियाको जीवन, विवाह, सन्तानको खुसी, गाउँलेको हेपाइ र दोस्रो विवाहको कथावरिपरि घुमेको यस फिल्ममा जितु नेपाल (कार्की साइँला) मुख्य भरियाको भूमिकामा देखिएका छन्। फिल्ममा जितु नेपाल र प्रियना आचार्य (मुन्नी)को मुख्य अभिनय रहेको छ भने सुशील पोखरेल, बीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ।

बालकुमार राईको लगानी र कृष्ण भगत चाम्लिङको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। कर्णबहादुर फिल्मस् प्रा.ली.को ब्यानरमा निर्माण भएको यस फिल्मको कथा सबिन अधिकारी र शंकर धितालले लेखेका हुन् भने मुख्य सहायक निर्देशन रोजल थापाको रहेको छ।

डम्बर राईले खिचेको यो फिल्म धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका स्थानमा छायांकन गरिएको हो। किरण दाहालको द्वन्द्व र दिप्सन लिम्बु तथा संकेत अगस्थीको संगीत रहेको यस फिल्मको ‘लग्यौ परान’ गीतले यतिबेला दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।

सिबि भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी केसीको श्रृङ्गार रहेको फिल्मको पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गरेको हो। डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको यस फिल्मलाई कुबेर फिल्मस्ले नेपालभरका हलहरूमा वितरण गर्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti