‘कार्की साइँला’ देशभर प्रदर्शनमा, बिहानी शोमै उत्साहजनक दर्शक उपस्थिति ‘कार्की साइँला’ देशभर प्रदर्शनमा, बिहानी शोमै उत्साहजनक दर्शक उपस्थिति

‘कार्की साइँला’ आज शुक्रबारदेखि देशैभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। बिहानी शो अधिकांश हलहरूमा हाउसफुलका साथ सुरु भएको र प्रारम्भिक व्यापार उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मकी मुख्य अभिनेत्री प्रियना आचार्य (मुन्नी)ले आज बिहानै पशुपतिनाथको दर्शन गरी आशीर्वाद लिएकी छन्। यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी उनले सफलताको कामना गर्दै पशुपतिनाथ पुगेको बताइन्। दर्शनपछि अभिनेत्री आचार्यले भनिन्, “आजदेखि मेरो डेब्यु फिल्म ‘कार्की साइँला’ दर्शकमाझ आएको छ। यो विशेष दिनमा भगवान् पशुपतिनाथको दर्शन गरी आशीर्वाद मागेँ। महादेवको कृपा र हजुरहरूको माया(आशीर्वादले मेरो यो सपना अझ सुन्दर बनोस्। फिल्म हेरेर साथ दिनुहोला।”

फिल्मको सफलताका लागि विभिन्न सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै दर्शकलाई हलसम्म पुग्न आग्रह गरेका छन्।

‘कार्की साइँला’ भारी बोकेर जीविका चलाउने एक भरियाको जीवनका उतारचढाव र आम नेपालीको भोगाइमा आधारित कथा हो। फिल्ममा प्रियना आचार्य र जितु नेपाल मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दीप्सन लिम्बू, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

कर्णबहादुर फिल्मस् प्रा।लि।को ब्यानरमा निर्मित यस फिल्ममा बालकुमार राईको लगानी, कृष्ण भगत चाम्लिङको प्रस्तुति र अनन्त राईको कार्यकारी निर्माण रहेको छ। सबिन अधिकारी र शंकर धितालको लेखन रहेको फिल्मलाई डम्बर राईले छायाङ्कन गरेका हुन् भने रोजल थापा मुख्य सहायक निर्देशक हुन्।

धनकुटा तथा सुनसरीका बराहक्षेत्र र चतरा लगायतका स्थानमा खिचिएको यस फिल्ममा किरण दाहालको द्वन्द्व र दीप्सन लिम्बू तथा संकेत अगस्थीको सङ्गीत रहेको छ। फिल्मको गीत ‘लग्यौ परान’ले हाल दर्शकमाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।

सिबी भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट, रबी केसीको शृङ्गार र मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको यस फिल्मलाई कुबेर फिल्मस्ले देशभर वितरणको जिम्मा लिएको छ। को काम ग्लोबल रिल मोसन पिक्चर्सले गरेको हो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti