खेम सेन्चुरी ‘बसन्ती’बाट फिल्ममा डेब्यू गर्दै, नारायण रायमाझीको फिल्ममा खेम सेन्चुरी ‘बसन्ती’बाट फिल्ममा डेब्यू गर्दै, नारायण रायमाझीको फिल्ममा

नारायण रायमाझीको निर्देशनमा फिल्म ‘बसन्ती’ निर्माण हुने भएको छ । ‘गोर्खापल्टन’ र ‘परदेशी’ का दुई श्रृंखलापछि रायमाझीको यो तेस्रो निर्देशकीय फिचर हुनेछ ।

‘बसन्ती’ को कलाकारमा सेन्चुरीसँगै टेरिया मगर, सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजनसिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, विजया पौडेल र हरि अधिकारी छन् ।

शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा यो फिल्मको मुहूर्त पूजा गरियो । छायांकन शनिबारदेखि काठमाडौंबाट सुरु हुने जनाइएको छ ।

यो फिल्मको कास्टिङ लाइनअप रोचक देखिएको छ । चर्चित लोकदोहोरी संगीतकार तथा गायक खेम सेन्चुरीले यो फिल्मबाट शीर्ष अभिनेताको रुपमा डेब्यू गर्दैछन् । ‘ए मेरो हजुर ५’ मा पाश्र्वसंगीतकारको रुपमा डेब्यू गरिसकेका सेन्चुरीको भने यो अभिनय डेब्यू हुनेछ ।

निर्माता निर्देशकमा रायमाझी नै रहनेपनि पटकथा चाहिँ लोकदोहोरी संगीतकर्मी रमेश बीजी हुन् । रायमाझी र बीबी अनुरागीको संगीत यसमा हुनेछ ।

काठमाडौं, पाल्पा, जनकपुर, बुटवल र भारतमा छायांकन हुनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti