फिल्म ‘आ बाट आमा २’को टिजरलाई दर्शकले अत्यधिक रुचाएका छन्। युट्युबमा रिलिज भएको २१ घण्टामा नै १३ लाख दर्शकले पाएको छ भने ५२ सयभन्दा बढि सकरात्मक कमेन्ट पाएको छ।
सोमबार ओएसआर डिजिटल युट्युबमार्फत रिलिज भएको टिजरमा अधिकांशले सकरात्मक प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ता रमेश बस्नेतले पल शाहको क्रेज छुट्टैछ। उनका फ्यान जति हाजिर हौँ त भन्दा उनको कमेन्ट गर्नेको ओइरो लागेको छ।
अर्का कमेन्टकर्ता रमेश जोशी भन्छन्,‘५४ चोटी हेर्ने म मात्र हुकी अरु पनि कोही हुनुहुन्छ। बधाई छ सम्पुर्ण टिमलाई’। साथै,अर्का काशी बोहोराले आमा बुबा नहुनेका लागि यस्तो फिल्म किन बनाएर रुवाएको होला भन्दै प्रश्न गरेका छन्। उनी लेख्छन्,‘ आमा बुबा नहुनेको लागि किन यस्तो मुभी बनाउँछ। हामी जस्तो अभागी लाई रुवाउन।’
५ हजार ३ सय हाराहारी कमेन्टमा नकरामत्क कसैले लेखेका छैनन्। यो हेर्दा फिल्मको हाइप निकै माथी देखिन्छ भने दर्शक फिल्म हेर्न निकै आतुर छन्।
फिल्मको ३ मिनेट ३८ सेकेण्ड लामो टिजरमा कृष्ण (पल शाहले मलिका)लाई बोकेर हिडिरहेका छन् भने आमाको दबाई लिन हस्पिटल गएका पलले जिन्दगी भर मलिकालाई बोकेर हिड्छु भन्ने जुन संवादले दर्शकलाई छुन्छ। साथै घरमा सतिरहेकी आमा (विपना थापा)लाई केहि भयो कि भन्ने जुन हस्याङफस्याङको दृश्य देखिन्छ। त्यसले दर्शकलाई भावुक बनाउँछन्।
टिजरमा दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर सार्वजनिक गरिएको हो।
“दशैँको जमरा र आमाको पर्खाइको कथा”लाई मुख्य विषयवस्तु बनाएको यो फिल्ममा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यस फिल्ममा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्। नवराज उप्रेतीको छायाङ्कन डिओपी बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्मको ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्। ओएसआर डिजिटल,डिजिटल पार्टनर रहेको यस फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।




