नवीन पन्तको लेखन निर्देशनमा बाकस बाट मोडल विक्रम बुढाथोकीको डेब्यु नवीन पन्तको लेखन निर्देशनमा बाकस बाट मोडल विक्रम बुढाथोकीको डेब्यु

नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’मा मोडल बिक्रम बुढाथोकी अनुबन्ध भएका छन। ५ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका उनले प्रमोद खरेलको २०० भन्दा बढी गीतसँग सहकार्य गरेका छन ।

म्युजिक भिडियोमा बलियो उपस्थित जनाइ रहेका उनने नवीन पन्तको निर्देशनमा बन्ने फिल्म”बाकस”बाट  फिल्म यात्रा सुरु गर्दै छन ।  निर्माण टिमको जानकारी अनुसार हाल बाकी कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ।

फिल्म बाकसमा  यश अघि बिपना थापा, वर्षा राउत र महेश त्रिपाठी ,भोलाराज सापकोटा र सुपला सापकोटो  त्यस्तै बाल कलाकारहरुमा रेखा भन्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खडका अनुबन्ध भइसकेका छन्। ‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्र बहादुर खड्का सह–निर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा संगीत दीपक शर्मा र सनम पुरुष राईको रहनेछ। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तकै रहने छ भने मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल, छाँयाकार मा महेश पौडेल, र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन्। फिल्मको प्रदर्शन मिति भने अहिले तोकिएको छैन। निर्माण पक्षका अनुसार फिल्मको सुटिङ सकेपछि तोक्ने योजना रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti