५१औँ दिनमा हलीको उत्सव दर्शक भेट्न धनकुटा पुग्यो निर्माण टिम ५१औँ दिनमा हलीको उत्सव दर्शक भेट्न धनकुटा पुग्यो निर्माण टिम

गत साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘हली’ ले प्रदर्शनको ५१ औँ दिन सफलतापूर्वक पूरा गरेको छ।  चलचित्रले ५१ औँ दिन मनाएको अवसरमा शनिबार धनकुटास्थित ‘धनकुटा सिनेमा प्रालि’मा विशेष कार्यक्रम आयोजना गरियो।

५१ दिन पूरा गरेको खुसीयालीमा दर्शकसँग प्रत्यक्ष भेटघाट र साक्षात्कार गर्न चलचित्रका निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठसहित कलाकारको टोली धनकुटा पुगेको छ।

निर्माता पूजा गुरुङले भनिन्,‘दर्शकको अपार माया र साथकै कारण ुहलीुले हलमा ५१ औँ दिन मनाउन सफल भएको हो। त्यसैले दर्शकहरूलाई प्रत्यक्ष धन्यवाद दिन र खुसी साटासाट गर्न हामी धनकुटा आएका हौँ।’

‘एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ’ भन्ने सकारात्मक सन्देश बोकेको यस चलचित्रमा छाउपडी प्रथाका क्रममा २१ दिनसम्म बुवा वा पुरुषको अनुहार हेर्नु हुँदैन भन्ने अन्धविश्वास र सामाजिक कुसंस्कारको कथा प्रस्तुत गरिएको छ।

ओमप्रतिकको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा व्यवसायी पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानी रहेको छ। चलचित्रमा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, र विशाल पहाडी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti