पहिलो नम्वर ट्रेन्डिगंमा अनमोल र प्रिन्सीको ‘बाटुलो जुन’ पहिलो नम्वर ट्रेन्डिगंमा अनमोल र प्रिन्सीको ‘बाटुलो जुन’

अनमोल केसी स्टारर फिल्म बाटुलो जुनको टिजर सामाजिक सञ्जालमा लोकप्रिय बनिरहँदा युट्यूव ट्रेण्डिङको शीर्ष स्थानमा आउन सफल भएको छ । यो फिल्मबाट प्रिन्सी खतिवडाले नायिकाको रुपमा डेव्यु गरेकी छन्।

शुक्रबार सार्वजनिक भएको ’बाटुलो जून’ टिजर रिलिजको पहिलो तीन दिनमै युट्यूवको फिल्म चार्टतर्फ नेपालमा पहिलो नम्बरमा आउन सफल भएको हो । नेपालसँगै विभिन्न एक दर्जनबढि देशमा टिजर ट्रेण्डिङमा छ ।

सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको फिल्म ’बाटुलो जून्‌’ ३० को दशकमा आधारित प्रेमकथालाई उठान गरेको छ । एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको छ । प्रविधिमैत्री र तीव्र गतिमा बदलिएको पछिल्लो पुस्ताको प्रेमभन्दा फरक र तत्कालिन समाजको परिवेशलाई चलचित्रले कथानकमा समटेको छ ।

फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् । अनमोल केसीसँगै प्रिन्सी खतिवडा प्रमुख अभिनयमा छन् । टिजरमा प्रस्तुत अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनय कलालाई दर्शकले स्वागत गरेका छन् भने डेब्यू गर्ल प्रिन्सीको उपस्थितिले पनि प्रसंशा पाइरहेको छ ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको ’बाटुलो जून’ आगामी कार्तिक २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रुपमा रहेका छन् । चलचित्र ’बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा चलचित्रका सह–निर्माता रहेका छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti