हिन्दीमा ‘उफ’ शीर्षकमा यस्तो सुनियो सुशान्तको ‘बार्दली’ गीत हिन्दीमा ‘उफ’ शीर्षकमा यस्तो सुनियो सुशान्तको ‘बार्दली’ गीत

नेपाली गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’को हिन्दी संस्करण ‘उफ’ सार्वजनिक भएको छ ।

गीत भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले सोमबार आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । हिन्दी भिडियोको सेटिङ पनि ‘बार्दली’कै भएपनि अन्य कलाकारहरुलाई भने हिन्दी संस्करणमा देख्न सकिदैन्। यस्तै गीतमा इन्द्रकलाको गीतलाई भने नेपालीमै राखिएको छ ।

टिसिरिजले गरेको यो सहकार्य नेपालीझै हिन्दी गीत प्रेमीमाझ लोकप्रिय भए गायक सुशान्त केसीका लागि करियरका हिसाबले धेरै महत्वपूर्ण हुनसक्छ ।

यसअघि पनि टि-सिरिजले केही नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti