अभिनेत्री रेखा थापाले नाटकमा डेब्यू गर्ने भएकी छन् । थापाले कान्तिपुर थिएटरले मंचन गर्न लागेको ‘मीरा’ नामक नाटकबाट रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन् ।
नाटक सोही नामको उपन्यासमा आधारित रहनेछ । उपन्यासका लेखक दीपक सिंजाली हुन् ।
नाटकमा उनको मूख्य भूमिका रहनेछ । हाल नाटकको रिहर्सल तथा पठन कार्य चलिरहेको छ।
अभिनेत्री थापाले केही दिन अगाडि सामाजिक संजालमा ‘रेखा कि मीरा’ लेखिएको पोस्टसहितको फोटो सेयर गरेकी थिइन् ।
नाटक जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुनेछ । नाटकले एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा प्रस्तुत गर्नेछ।
सुन्दर धितालले नाट्य रुपान्तरण र निर्देशन रहने नाटकका अन्य पात्रहरुको बारेमा केही दिनमा सार्वजनिक गर्ने तयारीमा कान्तिपुर थिएटर रहेको छ ।