करणको शब्द, संगीत र स्वरमा ‘सम्झना’ सार्वजनिक करणको शब्द, संगीत र स्वरमा ‘सम्झना’ सार्वजनिक

नेपाल आइडल सिजन ५ का विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ।

स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन्। नेपाल आइडलको विजेता बनेपछि करणले थुप्रै गीतमा स्वर दिएका भए पनि यो पहिलो पटक उनले आफ्नै सिर्जना सार्वजनिक गरेका हुन्।

भिडियो सार्वजनिक गरेपछि करण भन्छन्, “अब लगातार आफ्नै युट्युब च्यानलबाट आफ्ना सिर्जनाहरू सार्वजनिक गर्नेछु। केही नयाँ तयारी पनि भैरहेका छन्।”, उनले भने, “मलाई नेपाल आइडलमा जिताउनु भएका दर्शकहरूका लागि पनि म आफैंले राम्रा गीतहरू बनाउने प्रयास गर्नुपर्छ, र मेरो चाहना पनि त्यही नै हो।”

रङ्ग पत्रकार सुजन श्रेष्ठद्वारा निर्देशित वान टेक भिडियोमा करण र रोहित फिचर्ड छन्।

भिडियोको डीओपी सुशान ठटाल हुन् भने पंकज महराले भिडियो खिचेका हुन्। भिडियोलाई सुशिल घिमिरेले सम्पादन तथा कलर गरेका हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti