‘मितज्यू’मा अनुबन्धित भइन् ‘आँखा’ अभिनेत्री स्मिता लामिछाने ‘मितज्यू’मा अनुबन्धित भइन् ‘आँखा’ अभिनेत्री स्मिता लामिछाने

अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन्।

अभिनेत्री लामिछानेको जन्मदिनको अवसर पारेर फिल्ममा अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ।

निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’बाट नेपाली फिल्ममा मुख्य अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन्। उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘आँखा’ गतवर्षको असोजमा प्रदर्शनमा आएको थियो। यससँगै उनको मुख्य भूमिका रहेको फिल्म ‘म राजेश हमाल’ प्रदर्शनको तयारीमा छन्।

गतवर्षको सुपरहिट फिल्म ‘घरज्वाइँ’ निर्माण टिमले बनाउन लागेको ‘मितज्यू’को छायांकन आगामी मंसिरबाट सुरु हुनेछ। गतवर्षको असार अन्तिममा प्रदर्शनमा आएको ‘घरज्वाइँ’ले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो। हाल कथा लेखनको चरणमा रहेको ‘मितज्यू’को मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित भैसकेका छन्।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ। आगामी चैत २७ गते नेपाली नयाँ वर्षलाई फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छ। महेश राईको लेखन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti