बुद्ध लामाको स्वरमा नयाँ गीत रिलिज भएको छ । लामाको स्वरमा ‘मेरो लागि माया’ बोलको गीत रिलिज भएको हो ।
सार्वजनिक गीतमा शव्द तथा संगीत प्रदिप तामाङको रहेको छ । गीतका निर्माता गायक लामा नै हुन् भने मिक्सिङ तथा मास्टरि. सास्वत श्रेष्ठले गरेका हुन् ।
यसगरी यस गीतको भिडियो दिनेश बस्नेतको निर्देशनमा तयार भएको हो । भिडियोमा गायक लामाले अभिनेत्री मलिका महतसँग जोडी बाँधेका छन् ।