व्यापारमा चम्केको ‘ऊनको स्वीटर’को ट्रेलर पुग्यो युट्युब ट्रेन्डिङको पहिलो स्थानमा व्यापारमा चम्केको ‘ऊनको स्वीटर’को ट्रेलर पुग्यो युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यस चलचित्रको माग दिनानुदिन बढ्दै गएको छ ।

वितरक गोविन्द शाहीका अनुसार, तेस्रो दिनको व्यापारमा देखिएको उत्साह र सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै देशभरका हलमा शो सङ्ख्या थप गरिएको छ । चौथो दिन सोमबारका लागि अझ धेरै शो थपिएसँगै, चलचित्रको व्यापार अझ आक्रामक हुने अनुमान गरिएको छ ।

यसैबीच, रिलिजको तेस्रो दिन आइतबार चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । ट्रेलरले अहिलेसम्म ११ लाख भ्युज, ३० हजार लाइक्स र २ हजारभन्दा बढी प्रतिक्रिया बटुल्दै सकारात्मक चर्चा पाइरहेको छ ।

विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको चलचित्रले रिलिजदेखि नै दर्शकको राम्रो साथ पाएको छ । ट्रेलर, टिजर र गीतहरूले चलचित्रप्रति दर्शकको उत्साह झनै बढाइरहेका छन् । यो चलचित्र नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्र रिलिजको तेस्रो दिन आइतबार सार्वजनिक भएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले पनि सकारात्मक चर्चा बटुलिरहेको छ, जुन गीत दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित छ । सुजन चापागाईँ र सलिना बिकको स्वर रहेको यस गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय देख्न सकिन्छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti