निश्चलको संगीतमा ‘के घर के डेरा : घर नं २’को विम्बात्मक गीत ‘ढुंगा देउता भयो’ यस्तो बन्यो निश्चलको संगीतमा ‘के घर के डेरा : घर नं २’को विम्बात्मक गीत ‘ढुंगा देउता भयो’ यस्तो बन्यो

फिल्म के घर के डेरा : घर नं २ को गीत सार्वजनिक भएको छ। निर्माणपक्षले सिनेमा रिलिजको केही घण्टा अगाडि ‘ढुंगा देउता भयो’ बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा बुद्धिसागरको शब्द रचना रहेको छ। संगीत निश्चल बस्नेतको रहेको छ भने स्वर सलिन मगरको छ।

फिल्मको कथा भन्ने यो गीत शान्त तर अर्थपूर्ण सन्देश दिन्छ।

संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने विम्बका रूपमा ढुंगा र देउताको प्रयोग गरिएको छ। काव्यात्मक गीतले सिनेमा (फिल्म) को स्तर झल्काउँछ।

“सपना नै जिन्दगी जिउने आधार बन्ने” यथार्थलाई गीतले उजागर गरेको छ।

गीतको भिडियोमा मुख्य कलाकारहरू केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर छन्।

के घर के डेरा : घर नं २ जेठ २ गते (शुक्रबार) रिलिज हुँदैछ। फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। यो उनको पहिलो स्क्रिप्ट हो। निर्देशन दीपेन्द्र के. खनालले गरेका छन्।

फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण गरिएको हो।

कृष्णबहादुर थापाको छायांकन रहेको यो फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti