‘के घर के डेरा : घर नं २’लाई प्रिमियरमा जस्तै हलमा पनि तारिफ ‘के घर के डेरा : घर नं २’लाई प्रिमियरमा जस्तै हलमा पनि तारिफ

चलचित्र ‘के घर के डेरा : घर नं २’ले राम्रो वर्ड अफ माउथ पाउन थालेको छ । आजबाट रिलिज भएको चलचित्रले सकारात्मक वर्ड अफ माउथ पाउन थालेको हो ।

“बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ । बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ,” निर्देशक दीपेन्द्र के खनालले भने, “वर्ड अफ माउथ बलियो हुँदै गएको छ । हेर्नेजति दर्शकले सिनेमा राम्रो रहेको बताउनु भएको छ ।”

कसरी जिन्दगी जिउने भन्ने सिनेमामा रहेको र त्यही नै सिनेमाको सबैभन्दा राम्रो पक्ष रहेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्देशक खनालले बताए ।

प्रिमियरमा हेर्ने दर्शकले जसरी सिनेमा मन पराएका थिए, त्यस्तै नियमित शोमा पनि सिनेमा मन पराइरहेको उनले बताए । “हाम्रो सिनेमाको सबैभन्दा सशक्त पब्लिसिटीको टुल्स नै दर्शकको प्रतिक्रिया हो,” निर्देशक खनालले भने, “हामीले जे विश्वास गरेका थियौँ, त्यस्तै भइरहेको छ । दर्शकबाटै हाम्रो सिनेमाको पब्लिसिटी भइरहेको छ ।”

आफूसहितको निर्माण युनिटले राम्रो सिनेमा दर्शकलाई दिएको उनको भनाइ छ । “हाम्रो कर्तब्य दर्शकलाई राम्रो सिनेमा दिने हो, दियौँ,” उनले भने, “अब हामीलाई दर्शकको साथ चाहिएको छ । हेरेर जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेका छौँ ।”

चलचित्रको प्रिमियरमा १८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र हेराएको थियो । यसरी सिनेमा हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका थिए ।
मल्टी स्टार रहेको सिनेमा ‘के घर के डेरा : घर नं २’ आजबाट प्रदर्शनमा आएको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो र अपेक्षासहित आजबाट हलमा आएको हो । ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti