‘राम नाम सत्य’मा दिव्या रायमाझी, कसको बन्दैछिन् जोडी ? ‘राम नाम सत्य’मा दिव्या रायमाझी, कसको बन्दैछिन् जोडी ?

नायिका दिव्या रायमाझीले नेपाली फिल्म क्षेत्रका दुई चर्चित एक्सन नायकहरूसँग पर्दा शेयर गर्ने भएकी छन्। फिल्म ‘राम नाम सत्य’ साइन गरेसँगै यो सम्भव भएको हो।

माइकल चन्दको निर्देशनमा बन्न लागेको यस फिल्ममा दिव्या फाइनल भइसकेकी छन्। दिव्या र फिल्मको टिमबीच आइतबार कागजी सम्झौता सम्पन्न भएको छ।

फिल्म साइन गरेपछि नायिका दिव्याले भनिन्, “यो फिल्मको कथा वेजोड छ। मेरो भूमिका पनि निकै मन पर्यो, जसकारण म फिल्ममा काम गर्न तयार भएकी हुँ।”

यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फिल्मका लागि फाइनल भइसकेका छन्। उनीहरूसँग काम गर्न पाउन उत्साहित रहेको दिव्याले प्रतिक्रिया दिएकी छन्।

फिल्मको छायांकन साउन महिनादेखि सुरु गर्ने योजना निर्माण पक्षले जनाएको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा तयार हुन लागेको फिल्ममा माइकल चन्दकै लेखन रहेको छ।

फिल्मका निर्माता उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ हुन्। डा. डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माता रहनेछन्। अर्जुन पोखरेल र वावुल गिरीको संगीत तथा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ।

अब केही कलाकारहरू फाइनल गरेर वर्कशप सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स मिश्रित कथामा निर्माण गरिनेछ।

दिव्या रायमाझीले ‘एक्टर: टेक वान’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। उनको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो। दिव्या पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी नायिकामध्ये एक मानिन्छिन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti