‘मिरमिरे’मा दयाहाङ, यमसँग हुनेभयो दोश्रो सहकार्य ‘मिरमिरे’मा दयाहाङ, यमसँग हुनेभयो दोश्रो सहकार्य

‘कार्साङ  निर्देशक यम शेर्पाले आफ्नो नयाँ फिल्म ‘मिरमिरे’मा दयाहाङ राईलाई नै अनुबन्ध गरेका छन्।

 शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष फिल्म रिलिज गर्ने घोषणा गरेका थिए।

“हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ। यो हाम्रो दोस्रो सहकार्य हो,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो। अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ।”

‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ। अन्य कलाकार को–को हुनेछन् भन्ने उनले खुलाएका छैनन्।

यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ। थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन्। उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किएका देखिन्छन्।

फिल्मको निर्देशनसँगै कथा पनि यम शेर्पा स्वयंको रहनेछ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको मिरमिरेका सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ रहेका छन्। फिल्मका कार्यकारी निर्माता रोहित कट्टेल हुन्।

‘मिरमिरे’लाई २०८२ मा रिलिज गर्ने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti