साउन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म सिटामोलको पहिलो गीत सार्वजनिक गरिएको छ । झुम्का कानैमा बोलको गीतमा बाबुल गिरीको संगीत छ । गीतमा गोविन्द भट्टको शब्द छन् भने स्वरमा संगीतकार गिरीलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गीत :
गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल फिचर्ड छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशीको संयुक्त लगानीमा बनेको फिल्मलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । फिल्म लेखनमा निर्देशक साने सहित लेखक प्रदीप भारद्वाजको सहकार्य छ।
फिल्ममा सौगात र बेनिशा सहित श्रीकृष्ण निरौला, नव नायिका जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँवाला गौतम लगायत अन्य कलाकारहरुको अभिनय छ ।