अभिनेत्री रेखा थापाको निर्माण तथा अभिनय रहेको फिल्म ’उपहार’ गत शुक्रबार युट्युबमा अपलोड गरिएको छ । आइतबार बिहानसम्म रेखाको फिल्मलाई बाह्र लाख भन्दा बढीले हेरेका छन्।
ज्ञानेन्द्र देऊजा निर्देशित फिल्म उपहार मा रेखा सहित मुकुन भूषाल, बेनिशा हमाल, पूजा शर्मा, समर्पणजंग कार्की, जेत गिरी लगायत अन्य कलाकारहरूको अभिनय छ । हलमा सोचे जस्तो सफल नभएतापनि यो मल्टीस्टारर फिल्मलाई युटुवमा हेर्ने दर्शकको संख्या उल्लेख्य छ । फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया समेत दिइरहेका छन् ।
विष्णु कल्पितको छायाँका रहेको फिल्मका निर्माताका रुपमा शुलभ प्रतीक र समीक्षा देउजा छन् ।