दुर्गेश थापाको ब्लकबस्टर गीत ’दुश्मन हेरेको हेर्यै’ लाई युट्युबमा दश करोड पटक हेरिएको छ । ग्लोबल ट्रेन्डिङमा समेत पर्न सफल दुर्गेशको यो गीतलाई छोटो समयमै यति धेरै पटक हेरिएको हो।
यो गीतमा दुर्गेशको आफ्नै शब्द तथा संगीत छ । गायनमा दुर्गेशसँगै आनन्द कार्की, दुई गायिकाहरु समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ । भिजु पार्की निर्देशित गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली लगायत अन्य कलाकारहरु फिचर्ड छन् । कोरियोग्राफी संजय विश्वबर्मा र सिनेम्याटोग्राफी रुपेश थापाको छ।
’दुश्मन हेरेको हेर्यै’ को सफलता पश्चात् दुर्गेश थापा देश तथा विदेशमा साँगीतिक प्रस्तुतीको लागि व्यस्त बनिरहेका छन् ।