‘ए मेरो हजुर ५’मा अनमोल अनुबन्धित, सुहानासँग ह्याट्रिक ‘ए मेरो हजुर ५’मा अनमोल अनुबन्धित, सुहानासँग ह्याट्रिक

युवा स्टार अनमोल केसी फिल्म ‘ए मेरो हजुर ५’ मा अनुबन्धित भएका छन् । झरना थापाले निर्देशन गर्ने ए मेरो हजुरको पाँचौ श्रृंखलामा अनमोल र निर्माता सुनिल कुमार थापाबिच सोमबार कागजी रुपमै सम्झौता भएको हो ।

निर्माता सुनिलकुमार थापाले पाँचौ श्रृंखलाको शीर्ष भूमिकामा अनमोललाई अनुबन्धित गरिएको बताएका छन् । केसीले पनि सामाजिक संजालमार्फत यसबारे जानकारी दिएका छन् ।

‘लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । म हजुरहरूमाझ जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५ मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु’ अनमोलले आफ्‌ना सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै निर्देशक झरना थापा लेख्छिन्, “मेघास्टार अनमोल केसी भाईलाई ’ए मेरो हजुर–५झ मा स्वागत छ । ’ए मेरो हजुर–३झ र ’ए मेरो हजुर–४झ पछि हामी तेश्रोपटक सहकार्य गर्दैछौ । यो सहकार्यले भविष्यमा पनि निरन्तरता पाउने बिश्वास ब्यक्त गर्दै ’ए मेरो हजुर–५झ लाई सर्वोत्कृष्ट बनाउन कुनै प्रयास बाँकी राख्ने छैनौं भन्ने प्रण गर्दछु । हामीलाई साथ, समर्थन, माया र आशीर्वाद दिनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा हार्दिक आभार ब्यक्त गर्दछु । हरे कृष्ण !”


अनमोल र सुहानाले यो फिल्मको तेस्रो र चौंथो श्रृंखलामा पनि जोडी बाँधेका थिए । निर्माता थापाका अनुसार सहायक भूमिकामा अर्का एक नयाँ कलाकार पनि देखिनेछन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti