’जेरी अन टप’ निर्माता र निर्देशकले गरे ’घोस्टेल’को निर्माण घोषणा ’जेरी अन टप’ निर्माता र निर्देशकले गरे ’घोस्टेल’को निर्माण घोषणा

अनन्या फिल्मस्‌’को ब्यानरमा फिल्म ’घोस्टेल’को निर्माण घोषणा भएको छ । बुधबार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो । ’जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त फिल्मको छायांकन सकाएसँगै एकसाथ नयाँ फिल्म निर्माणमा जुटेका हुन्।

सार्वजनिक पोस्टरमा ’धजभल जयचचयचm भभतक जबजबक..’ (जब त्रासले हाँसो भेट्छ) लेखिएको छ, जसले यो फिल्म हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ । सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो फिल्मको ’कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि बताएको छैन । प्रमुख अभिनयमा रहने कलाकारहरू सार्वजनिकसँगै फिल्मको थप विवरण पनि खुलाउँदै जाने निर्माता सरोज न्यौपानेले बताए।

न्यौपानेसँग फिल्म निर्माणमा सुयोग गुरुङले सहकार्य गरेका छन् । फिल्मको कथा सुयोग गुरुङको नै हो । यो फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । ‘षडङ्ग’ फेम्ड निर्देशक सुनुवारको पछिल्लो फिल्म ’खजुरे ब्रो’ गतवर्ष प्रदर्शनमा आएको थियो । ’घोस्टेल’ सुनुवारको तेस्रो निर्देशकीय फिल्म हुनेछ । ’जेरी अन टप’ आगामी तिहारमा प्रदर्शनमा आउँदैछ, यो फिल्मको प्रदर्शनपछि ’घोस्टेल’को छायांकन प्रारम्भ हुने निर्माण पक्षले जनाएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti