जीवन लुईंटेल कान्तिपुर थिएटरको ’शिरिषको फूल’ खेल्दै जीवन लुईंटेल कान्तिपुर थिएटरको ’शिरिषको फूल’ खेल्दै

अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन् । कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको बहुप्रतीक्षित नाटक ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीर को भूमिकामा देखिने भएका हुन् ।

साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यस नाटकमार्फत लुइँटेलले अमेरिका बसाइपछि पहिलो पटक अभिनयमा कमब्याक गर्न लागेका हुन् । नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरे ले गरिरहेकी छन् ।

कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिईओ प्रकाश पुरीका अनुसार नाटक मञ्चन कै लागि लुइँटेल आगामी साता नेपाल आउँदै छन् । उनले भने, ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आभारमा परिपक्व पात्र चाहिएको थियो, त्यसैले उहाँलाई प्रस्ताव गर्यौँ “।

नाटकमा प्रमुख पात्र सकम्बरी को भूमिकामा कसले अभिनय गर्ने भन्नेबारे भने हालसम्म खुलाइएको छैन् । अब सुयोगवीर पछी ’शिरीषको फूल’ की मुख्य पात्र सकम्बरीको भुमीकामा को देखीने हो भन्ने जिज्ञासाले सबैको ध्यान खीचेको छ ।

पुरीका अनुसार दर्शकले लामो समयपछि जीवनलाई रंगमञ्चमा देख्दा उत्साहका साथ स्वागत गर्नेछन् । ‘उहाँको कमब्याकको लागि रंगमञ्च एकदम उपयुक्त माध्यम हो,’ उनले बताए ।

गत महिना कान्तिपुर थिएटरले रेखा थापाको मुख्य भूमिकामा मञ्चन गरेको नाटक ‘मीरा’ ले चर्चा कमाएको थियो । अब भने ’शिरिषको फूल’ जीवन लुइँटेलको कमब्याकसँगै थप चासोको विषय बनेको छ । पछिल्लो समय उनी अमेरिका बसोबास गर्दै आएका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti