फिल्म ‘माइतीघर’को अष्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ । आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज गरिएको छैन् । मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भैरहेको छ ।
तर, यो फिल्मको फस्टलुक पोस्टर रिलिज नहुदै महँगो रकममा अष्ट्रेलिया राइट्स बिक्रि हुनु भनेको यसको हाइप कुन लेभलमा छ भन्ने कुरा पुष्टी हुने निर्माण युनिटको विश्वास छ । अष्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएसंगै यो फिल्मको लगानीको एउटा ठुलो हिस्सा सुरक्षित भएको निर्माणपक्षले जनाएको छ । यो फिल्मको अस्ट्रेलिया रिलिज अधिकार हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामि र प्रकाश गैरेले खरिद गरेका हुन् ।

निर्माता अधिकारीका अनुसार, फिल्मलाई अन्य देशहरुमा पनि बिक्रि गर्ने कुरा भइरहेको छ । यो फिल्मको अन्य देशको बिक्रि पनि चाडै हुने देखिएको छ। किनकि यो फिल्मको कथाबस्तु, कलाकारको लाइनअप र निर्माण पक्षको कडा मिहेनत विदेशी बजारमा देखिएको छ । जसले गर्दा, फिल्मको माग बढेको हो ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।