राष्ट्रिय चलचित्र पुरस्कार २०८१ : ‘शाम्बाला’, बिजय र उपासना उत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार २०८१ : ‘शाम्बाला’, बिजय र उपासना उत्कृष्ट

चलचित्र पुरस्कार २०८१ मा फिल्म शाम्बाला ले उत्कृष्ट पुरस्कार पाएको छ । अभिनेतामा फिल्म पूर्ण बहादुरको सारंगीबाट विजय बरालले पुरस्कार पाए भने उपासना सिंह ठकुरीले खुस्माबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् । फिल्म शाम्बालाबाट मीनबहादुर भाम उत्कृष्ट निर्देशक ठहरिए । उल्लेखित बाहेक बाँकी राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८१ यस प्रकार छन् :
उत्कृष्ट सम्पादकः भरत रेग्मी (पुजार सार्की)
ड्ड उत्कृष्ट छायाकारः पुरुषोत्तम प्रधान (पिताम्बर)
ड्ड उत्कृष्ट लेखनः दीपकराज गिरी (छक्का पञ्जा ५)
ड्ड उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः गालय् वन (नेपाल भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार
ड्ड अभिनेता प्रदीप खड्का (पुजार सार्की)
विशेष योगदान सम्मान
प्रेम सुब्बा (कलाकार)
देविका वन्दना (गायिका)
दीर्घ गुरुङ (छायाकार)
अनुप बराल (कलाकार/निर्देशक)
परशुराम चौधरी (कलाकार/निर्देशक)
सुरक्षा पन्त (कलाकार)
नकिम उद्दिन (प्रदर्शक)
उत्तम केसी (कलाकार)
अन्जु रञ्जितकार (कलाकार)
निखिल उप्रेती (कलाकार/निर्देशक)
विशेष चलचित्र पुरस्कार
चे (लिम्बु)
दिलसरा (मगर)
मरणोपरान्त विशेष योगदान सम्मान
प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ छायाङ्कनको क्रममा निधन भएको थियो)
चलचित्र दीर्घ साधना सम्मान
लेखक / निर्देशक लक्ष्मीनाथ शर्मा

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti