फिल्म ’हरिबहादुरको जुत्ता’ को पहिलो झलक शुक्रबार सार्वजनिक गरिएको छ । पोष्टरमा हरिवंश आचार्यलाई सोलो रुपमा प्रस्तुत गरिएको छ । यसले फिल्ममा उनको पात्र केन्द्रमा छ भन्ने देखाउँछ।
हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ । यहि पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन् । दिपेन्द्र के.खनाल निर्देशित फिल्ममा हरिवंश सहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको प्रदर्शन मिती दशैँको फूलपाती (असोज १३) गतेलाई तय गरिएको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको फिल्म लाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।