नाजिर र गौरवको ‘मुक्तिपुर’को मुर्हत नाजिर र गौरवको ‘मुक्तिपुर’को मुर्हत

फिल्म ’मुक्तिपुर’ मुहूर्त गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत थालनी गरिएको छ । मंगलबार गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजाअर्चना गर्दा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थिति थियो।

सुनिल पाण्डेको निर्देशनमा तयार हुने यो चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा बन्नेछ । विभिन्न छोटा चलचित्र र वृत्तचित्र निर्देशनमा अनुभवी युवा निर्देशक पाण्डेको लागि ’मुक्तिपुर’ ठुलोपर्दाको डेब्यू निर्देशन हुनेछ । फिल्मको कथापनि निर्देशक पाण्डेकै हो । बदलाको कथामा बन्ने फिल्ममा नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र डेब्यू अभिनेत्री आकृति बुढाथोकीको प्रमुख रहनेछ।

पछिल्लो १० वर्षदेखि चलचित्र अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनी शिक्षा प्रदान गर्दै आएको फिल्म क्षेत्रको अग्रणी एकेडेमी एभरेष्टले पहिलोपटक फिल्म निर्माणमा पाइला अघि बढाएको हो।

विजय राजवंशी र रोशन पासवान निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह – निर्माता छन् । सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्यूसर रहेको चलचित्रमा सम्राट बस्नेत द्वन्द्व निर्देशक रहँदा छायांकन सरद महतोको रहनेछ भने कला निर्देशक अकी थाक्पा र प्रोडक्सन हेड रुपक प्रताप अधिकारी छन्।

क्राइम रिभेञ्ज जनरामा तयार हुने फिल्मले बदलाको कथा बोल्नेछ । ’एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा फिल्मले बोल्नेछ’, निर्देशक पाण्डेले भने ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti