फिल्म ‘आ बाट आमा २’को मुख्य पात्रमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित भएका छन् । सोमबार फिल्मका निर्देशक चन्द्र पन्तले दुवै कलाकार फिल्मका लागि अनुबन्ध गरेका हुन्।
हलमा प्रदर्शनरत फिल्म ‘आ बाट आमा’मा विपना थापा आमाको भुमिका रहेकी छिन् भने पल छोराको। सोही कथालाई निरन्तरता र केहि फरकपन सहित निर्माण पक्षले विपना र पललाई अनुबन्ध गरेको जानकारी दिएको हो । अघिल्लो फिल्मका अभिनेत्रीद्धय उषा उप्रेती,सिम्रन पन्तलाई निर्माण पक्षले निरन्तरता दिने बारे केहि खुलाएको छैन् । यस बारेमा निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए ।
उनका अनुसार यो फिल्म आगामी नयाँ वर्ष अर्थात बैशाखबाट छायांकनमा जाने छ । साथै निर्माण पक्षले फिल्मलाई आउँदो वर्षकै दशैंमा रिलिज गर्ने तयारीमा छ । निर्देशक चन्द्र पन्तले बैशाखमा फिल्मको छायांकन गरेर दशैंका लागि प्रदर्शनका लागि तयार पार्ने बताए। उनले भने,‘अहिले फिल्मका लागि दुई जना कलाकारलाई अनुबन्ध गरेका छौँ। अन्य कुरा बिस्तारै जानकारी दिदै लैजानेछौँ
।’





