कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पारस’को छायांकन जेठको अन्तिम साताबाट सुरु हुने भएको छ । आजबाट यो फिल्मको गीत रेकर्डिङ कार्य सुरु भएको छ ।
निर्देशक चौलागाइले प्रि–प्रोडक्सनको काम तिव्र रुपमा भइरहेको भन्दै जेठको अन्तिम साताबाट छायांकन सुरु गर्ने बताइन् । यो फिल्ममा सुशिल श्रेष्ठ, निखिल उप्रेती र जसिता गुरुङ फाइनल भइसकेको छ ।
फिल्मलाई उच्च क्यानभासमा खिच्ने तयारी गरिएको छ । यो फिल्मको ‘यो रातको नशा’ बोलको गीतको आज रेकिर्डङ गरिएको छ । कोशिश र केतन क्षेत्रीको संगीत र शब्दमा तयार भएको यो गीतमा सज्जा चौलागाइले स्वर दिएकी छिन् ।
यो गीतमा नाम चलेकी एक जना कलाकारले नृत्य गर्ने कृषाको भनाई छ । कृषाका अनुसार, ‘पिताम्बर’मा भएका कमी कमजोरीलाई पनि सुधार्दै उनले यो फिल्मका लागि मिहिनेत गरिरहेकी छिन् ।
कृषाले फिल्ममा एक्सन मात्र नभएर इमोशन पनि हुने जानकारी दिइन् । यसपटक, दर्शकले हरेक कोणबाट उत्कृष्ट फिल्म हेर्न पाउने कृषाको भनाई छ ।



