निखिलको ‘आचार्य’ साउन २९ बाट आउने ? निखिलको ‘आचार्य’ साउन २९ बाट आउने ?


निर्देशक निखिल उप्रेतीको निर्देशन तथा अभिनयमा तयार भएको फिल्म ‘आचार्य’ प्रतिक्षामा छ । यो फिल्मको कुनै पनि लुक्स सार्वजनिक भएको छैन । फिल्म कहिलेबाट रिलिज हुन्छ भन्ने बिषयमा पनि यसको निर्माणपक्षले केही बोलेको छैन ।

विविध कारणले गर्दा फिल्मको फस्टलुक सार्वजनिक गर्न पनि यसको निर्माणपक्षले सकिरहेको छ ।

तर, विशेष श्रोतले हामीलाई दिएको जानकारी अनुसार यो फिल्म साउनको २९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । साउन २९ गतेलाई फिल्म लक गरिएको छ र केही दिनमा नै मोसन पोष्टरसहित रिलिज गर्ने तयारी गरिएको छ ।

फिल्ममा भारतीय कलाकारहरुको पनि अभिनय छ । फिल्ममा निखिल उप्रेती र पूर्णिका सिजापतिको मुख्य भूमिका छ । फिल्मको मेकिङलाई लिएर अहिले निकै चर्चा चुलिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti