वर्षाले साइन् गरिन ‘गंगा रानी’ वर्षाले साइन् गरिन ‘गंगा रानी’


फिल्म ‘गंगा रानी’मा नायिका वर्षा सिवाकोटी अनुवन्धित भएकी छिन् । उनीसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । यो फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु हुने निर्माणपक्षले बताएको छ । आहा फिल्मस्को प्रस्तुतिमा बन्ने यो फिल्मलाई कमलप्रसाद शर्माले निर्माण गर्दैछन् ।

फिल्मलाई राजबहादुर सानेले लेखन तथा निर्देशन गर्दैछन् ।

यसैबिच, यो फिल्मका लागि कलाकारहरुको अडिसन समेत आह्वान गरिएको छ । फिल्मको टिमले मुख्य पात्रहरुमा ४ महिला र ४ पुरुषको खोजी गरेको छ ।

२० देखि ४० वर्ष उमेर समुहका पुरुष र १८ देखि ३५ वर्ष समुहका महिला फिल्मका लागि खोजिएको निर्माणपक्षको भनाई छ ।

जेठको २० गतेसम्म आवेदन दिन सकिने निर्माणपक्षको भनाई छ । राजबहादुरको निर्देशनमा तयार भएको फिल्म ‘लज्जावती’ प्रदर्शनका लागि तयारी अवस्थामा छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti