‘निलमलाई साथ दिन माल्भेका देखि अनुष्कासम्म, ‘निलमलाई साथ दिन माल्भेका देखि अनुष्कासम्म,

पहिलो सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलले आफ्नो यात्राबारे प्राम्भको संघर्ष, आर्थिक चुनौती, सामाजिक भेदभावदेखि सगरमाथा आरोहणसम्मका अनुभव सार्वजनिक गरेकी छिन् ।

बुधवार दिउँसो काठमाडौ.मा आयोजित पत्रकार सम्मेलन गर्दै उनले प्रारम्भमा टिम निर्माणदेखि विभिन्न व्यक्ति तथा संस्थासँग सहयोग माग्दा अपेक्षित साथ नपाएको गुनासो गरेकी छिन् । कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठ, अभिनेत्री उषा रजक, पूजा लामा तथा ब्लु डाईमण्ड सोइसाइटीकि पुर्व अध्यक्ष पिंकी गुरुङ लगायतका व्यक्तित्वहरु निलमको हौसला बधाउन उपस्थित भएका भएका थिए।

कार्यक्रममा बोल्दै उनले भनिन्– ‘हाम्रो यो यात्रा २०२० देखि प्राम्भ भएको हो । मैले टिम बनाएर सुरु गर्दा नै कतिपयले बिचमै धोका दिनुभयो । मिटिङहरूमा कुरा भए पनि पछि फोन नउठाउने, मेसेजको जवाफ नदिने जस्ता व्यवहार भयो ।’

उनका अनुसार ट्रान्सजेन्डर भएकै कारण काम गर्न नसक्ने भनेर अनुमान गरिएको र धेरै ठाउँमा प्रस्ताव लिएर जाँदा पनि अपेक्षित सहयोग नपाएको उनले बताइन् ।

‘मानिसहरूले मलाई ट्रान्स भएकै कारण गर्न सक्दिन होला भनेर सोच्नु भयो । तर पछि केही व्यक्तिहरूले साथ दिनुभयो र प्रपोजल बनाएर सहयोग पनि गर्नुभयो,’ उनले भनिन्।

आर्थिक कठिनाइका कारण व्यक्तिगत वचत, सम्पत्ति बिक्री तथा विभिन्न माध्यमबाट खर्च व्यवस्थापन गर्नुपरेको उनले उल्लेख गरिन् । सगरमाथा आरोहणको अनुभव सुनाउँदै उनले भनिन्– ‘हामी बेस क्याम्प पुग्दा धेरै कठिन थियो । माथि जाँदा मान्छेहरूको अवस्था देखेर डर पनि लाग्यो, तर मैले सक्छु भन्ने आत्मविश्वास आयो ।’

उनले आफ्नो सफलतालाई व्यक्तिगत मात्र नभई समुदायका लागि प्रेरणादायी उपलब्धि भएको बताउँदै अवसर पाए ट्रान्स समुदायले पनि ठूला लक्ष्य हासिल गर्न सक्ने उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद अनुष्का श्रेष्ठले सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेललाई वधाई दिँदै उनको उपलब्धिलाई व्यक्तिगत मात्र नभई समुदायको ऐतिहासिक उपलब्धि भएको बताएकी छिन् ।

उनले भनिन्– ‘आफ्नो ठाउँमा आफ्नो काम गरेर नै सबै जना अगाडि बढ्ने हो । इट्स अल अबाउट सेलिब्रेटिङ यु एण्ड योर अचिभमेन्ट । कति गाह्रो कुरा हो भनेर हामीले कहिलेकाहीँ बुझ्दैनौँ ।’

उनले निलम पौडेलको सगरमाथा आरोहणलाई व्यक्तिगत संघर्षसँगै समुदायका चुनौतीहरूलाई पनि जितेको उदाहरण भएको उल्लेख गरिन् । श्रेष्ठले सरकार र समाज दुवै तहमा समावेशीकरण र प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्दै यसलाई सकारात्मक सुरुवातको रूपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्– ‘सरकारको नाम मात्रै परिवर्तन होइन, प्रतिनिधित्व पनि देखिन थालेको छ । यो टोकनिज्म मात्र होइन, वास्तविक परिवर्तनको संकेत हो ।’ सांसद श्रेष्ठले निलम पौडेलको उपलब्धिलाई ऐतिहासिक भन्दै यसले अन्य सीमान्तकृत समुदायलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन् । उनले भनिन्– ‘यो सगरमाथा आरोहण मात्र होइन, इतिहास निर्माण गर्ने क्षण हो ।’

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti