दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सकृय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी मंसिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।

देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । यो फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् ।

तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलले छायांकन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । भने फिल्मका गीतहरूमा सुगम पोखरेल, मेलिना राई, पवन गिरी, मनोज महतो, मनोज थापा मगरले स्वर भरेका छन् । पाश्र्व ध्वनी मनिष निरौलाको छ ।



