क्रिएटर समिट २०२६ सफल, १६६ सहभागी र ३० भन्दा बढी ब्रान्डको सहभागिता क्रिएटर समिट २०२६ सफल, १६६ सहभागी र ३० भन्दा बढी ब्रान्डको सहभागिता

नेपालका कन्टेन्ट क्रिएटर, उद्यमी, व्यवसायी तथा विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित क्रिएटर समिट २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।

च्याँटे प्याँटे इन्क.द्वारा आयोजित कार्यक्रममा १६६ जना सहभागी तथा ३० भन्दा बढी ब्रान्ड र साझेदारको सहभागिता रहेको थियो। कार्यक्रमलाई यू.एस. सोयबिन एक्सपोर्ट काउन्सिल (USSEC) को Right to Protein अभियानले सहयोग गरेको थियो।

समिटमा USSEC की डिबा जियानोलिस ले गुणस्तरीय प्रोटिनको पहुँच, पोषण सचेतना तथा Right to Protein अभियानबारे धारणा राख्दै डिजिटल क्रिएटरहरूले स्वस्थ जीवनशैली र पोषणसम्बन्धी सन्देश समाजमा प्रभावकारी रूपमा फैलाउन सक्ने बताइन्।

कार्यक्रममा डा. आशेष भट्टराई, आनन्द बगारिया, साइग्रेश पोख्रेल, सन्जोग कोइराला, कविता नेपाली, इभाना मानन्धर, सबाना खातुन, ओडा स्टिन तथा उषा रजाक प्यानलिस्टका रूपमा घोषणा गरिएका थिए। आकस्मिक यात्राका कारण उषा रजाक प्रत्यक्ष उपस्थित हुन नसके पनि उनी आधिकारिक प्यानलिस्ट थिइन्। छलफलमा कन्टेन्ट सिर्जना, व्यक्तिगत ब्रान्डिङ, उद्यमशीलता, डिजिटल प्रभाव र जिम्मेवार सामाजिक सन्देशका विषयमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा हास्यकलाकार सन्दीप क्षेत्रीले स्ट्यान्ड–अप कमेडीमार्फत मनोरञ्जनसँगै स्वस्थ जीवनशैली र पोषणसम्बन्धी सन्देश दिएका थिए। साथै, वर्षा भण्डारीको कोरियोग्राफीमा तीन क्लोदिङ ब्रान्ड र १३ मोडल सहभागी रहेको फेशन शो पनि आयोजना गरिएको थियो।

उत्पादन तथा इभेन्ट व्यवस्थापन सुन्य प्रोडक्सन्सले बिधान बास्तोला र सौगत आचार्यको नेतृत्वमा गरेको थियो भने समग्र कार्यक्रमको निर्देशन तथा कार्यान्वयन इभेन्ट एक्जिक्युटिभ डाइरेक्टर श्रीजल बिक्रम शाहीले गरेका थिए।

आयोजकका अनुसार, क्रिएटर समिट २०२६ ले सिर्जनशील व्यक्तित्व, उद्योग, ब्रान्ड र विभिन्न क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा जोड्दै नेपालमा जिम्मेवार डिजिटल प्रभाव, सहकार्यको संस्कृति र जनचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti