दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया सफल भएको छ । दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया सफल भएको छ ।

 अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो ।

अहिले दीपाश्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेको उनका सहकर्मी दीपकराज गिरीले जानकारी दिए । दीपकका अनुसार दीपालाई आइसीयूबाट निकालिएको छ भने एकसातापछि डिस्चार्ज गर्ने तयारी छ ।

दुई साताअघि दीपाको ब्रेन ट्युमरको पहिचान भएको थियो । ‘अझै एक साता हस्पिटलमा राखेपछि डिस्चार्ज गर्ने तयारी छ’ दीपकले भने, ‘अहिले उहाँको अवस्था सुधारोन्मुख छ ।’

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti